काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन् । माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौदामार्फत सो आरोपको पुष्टि गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । ‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर शुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो, उक्त…