१९ माघ २०८१, शनिबार । February 1, 2025

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा सहयोग गर्न कांग्रेस तयार

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आजको संसद् बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो । यद्यपी नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने संसद् अवरोध कायमै राख्ने कांग्रेसको तयारी छ ।…