६ आश्विन २०८३, मंगलबार । September 22, 2026

जरिवाना गरिएको महानगरको पत्र बुझ्न एमालेद्वारा अस्वीकार


९ मंसिर २०८१, आइतबार  

42
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेपछि महानगरको टोली त्यसै फर्किएको हो । महानगरपालिका प्रहरी बलका इन्स्पेक्टर किशोर भट्टराई पार्टी कार्यालयमा पत्र दर्ता हुन नसकेको बताए ।

एमाले पार्टी कार्यालयका प्रतिनिधिले दरबारमार्गमा भएको कार्यक्रमको आयोजना काठमाडौं जिल्ला कमिटीका भएकाले जरिवानाको पत्र पनि त्यहीँ बुझाउन भन्दै दर्ता गर्न अस्वीकार गरेको महानगरले जनाएको छ । महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरेको भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।

फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । सोहीअनुसार उक्त पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरू आइतबार दिउँसो पार्टी कार्यालय पुगेका हुन् ।

एमालेका नेताहरुले उक्त पत्रको आलोचना गर्दै बालेनले स्टन्ट गरेको संज्ञा दिँदै आएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा