७ बैशाख २०८३, सोमबार । April 20, 2026

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथको दर्शन गर्न पुगे प्रधानमन्त्री ओली


१३ फाल्गुन २०८१, मंगलबार  

18
Shares

काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नका लागि प्रधानमन्त्री केपी ओली पशुपतिनाथ मन्दिरमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीका साथमा प्रधानमन्त्री पत्नि राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए।

हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा दर्शनार्थीका रूपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रशन्नता र उत्सुकता व्यक्त गरेका थिए।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित