काठमाडौं । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । ममताले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ चार दल कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच उपराष्ट्रपति जसपाले लिने सहमति भएपनि जनमत त्यसमा सहमत छैन । निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने जनाएको…