कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले कृषि क्षेत्रको जग्गा सुनिश्चित गर्न थालेकोे छ । कृषि क्षेत्रको जग्गा खण्डीकरण भई आवासका रूपमा प्रयोग हुन थालेपछि नगरपालिको भू–उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको परिधिमा रहेर कार्य अगाडि बढाएको हो । कृषि क्षेत्रको जग्गा सुरक्षित गर्न र आवासीय क्षेत्रको जग्गा व्यवस्थित गर्नका लागि वडास्तरमै छलफल गरी सुझाव सङ्कलनको कार्य भइरहेको…