काठमार्डौ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा उनिहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पु¥याएको योगदानबारे छलफल भएको थियो । उनिहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ…