काठमाडौं । यूएईमा जारी यु-१९ एसिया कपमा नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेपालविरुद्ध बंगलादेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । युएईको दुबई क्रिकेट रंगशालामा बंगलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन् भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो…