काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्कटल्याण्डमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ तथा टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि औपचारिकरूपमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष समारोहमार्फत टिमको बिदाइ गरिएको हो। टोली आज साँझ स्कटल्याण्ड प्रस्थान गर्दैछ, जहाँ उसले दुई वटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सिरिजहरूमा सहभागिता जनाउनेछ। आईसीसी लिग–२ अन्तर्गत नेपालले…