१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

काठमाडौंको मखनटोलमा भिषण आगलागी, एक महिलाको मृत्यु


३१ बैशाख २०८२, बुधबार  

57
Shares

काठमाडौं । काठमाडौंको मखनटोलस्थित एक घरमा ग्यास लिक भएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।

घटनास्थल काठमाडौं महानगरपालिका–२४ को मखन गल्लीमा पर्ने दयाराम श्रेष्ठको घरमा आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहान घरमा ग्यास लिक भएपछि आगो सल्किएको हो। आगो तीव्र गतिमा फैलिँदा छिमेकी घरमा समेत सरेको र ठूलो क्षति हुनसक्ने भन्दै तत्कालै उद्दार कार्य अघि बढाइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र काठमाडौं महानगरपालिकाको टोली आगो नियन्त्रणमा लिन खटिएको छ। काठमाडौं र ललितपुरबाट दमकलहरू ल्याएर आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ। घटनामा परी एक महिलाको ज्यान गएको पुष्टि भए तापनि मृतकको सनाखत भइसकेको छैन।

विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। स्थानीयवासीलाई सुरक्षित रहन र आगो नजिक नजान अनुरोध गरिएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर