काठमाडौं । हिजो सामान्य रूपमा बढेको शेयर बजारले आज दोहोरो अङ्कको वृद्धि गरेको छ। नेप्से परिसूचक आज १७.४४ अङ्कले उकालो लाग्दै २,६९३.०६ विन्दुमा पुगेको छ। आजको बजारमा बीमा, माइक्रोफाइनान्स र 'अन्य' समूह बाहेकका सबै क्षेत्रको शेयरमा हरियाली देखिएको छ। विशेषगरी, बैंकिङ समूहको शेयर मूल्य १.८८ प्रतिशतले र विकास बैंक समूहको शेयर १.२९ प्रतिशतले बढेको छ।…