२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आईपीएल २०२५: दमदार प्रदर्शनसहित फाइनलमा पुग्यो रोयल च्यालेन्जर्स बैंगलुरु


१६ जेष्ठ २०८२, शुक्रबार  

48
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनलमा रोयल च्यालेन्जर्स बैंगलुरु (RCB) ले स्थान बनाएको छ।

गए राति सम्पन्न क्वालिफायर १ मा पन्जाब किङ्समाथि प्रभावशाली जित हात पार्दै बैंगलुरुले उपाधि नजिकको यात्रा तय गरेको हो। पहिले ब्याटिङ गरेको पन्जाब किङ्स १५औँ ओभरमै १०१ रनमा समेटियो। बलिङमा चम्किएका बैंगलुरुका जोश हेजलउड र सुयस शर्माले ३–३ विकेट लिँदै पन्जाबलाई धराशायी बनाए। यस दयालले २ विकेट लिए भने भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट झारे।

पन्जाबका लागि मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाउँदा प्रभसिमरन सिंह र अजमतुल्लाह उमरजाइले समान १८–१८ रन जोडे। तर अन्य ब्याटरले खासै प्रभाव जमाउन सकेनन्। १०२ रनको सजिलो लक्ष्य पछ्याउन मैदान उत्रिएको बैंगलुरुले मात्र १० ओभरमा नै लक्ष्य पूरा गर्‍यो।

ओपनर फिल साल्टले आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए। विराट कोहलीले १२, मयंक अग्रवालले १९ र रजत पाटीदारले १५ रनको योगदान गरे। पन्जाबका केएल जेमिसन र मुसीर खनले १–१ विकेट लिए। अब आईपीएलको इलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्सले गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

विजेता टोलीले दोस्रो क्वालिफायरमा पन्जाब किङ्ससँग भिड्नेछ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ