काठमाडौं । सरकारले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण कार्य आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने घोषणा गरेको छ।
बिहीबार संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परियोजनालाई समयमै सम्पन्न गर्न तीव्र गतिमा निर्माण कार्य अघि बढाइने बताए। सरकारले आगामी वर्ष ३७ किलोमिटर सडक खण्ड, ४ किलोमिटर सुरुङ मार्ग र ६० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका लागि २४ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यो परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउँदै सरकार यातायात पूर्वाधारको सुधार तथा छिटो आवागमन सुनिश्चित गर्न क्रियाशील भएको स्पष्ट संकेत दिएको छ।
प्रतिक्रिया