७ मंसिर २०८१, शुक्रबार । November 22, 2024

बङ्गलादेशमा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता

बङ्गलादेश । बङ्गलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । प्रहरी निरिक्षक सिराजुल हुडाका अनुसार राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा सोमबार थप सात जनाको शव फेला परेको छ…