११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

तनहुँ–१ अपडेट

डा. वाग्लेले अग्रता फराकिलो बनाउँदै


११ बैशाख २०८०, सोमबार  

6
Shares

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

उनले हालसम्म २२ हजार ८ सय ९२ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् भने उनलाई नेपाली कांग्रेसका गोविन्द १३ हजार २ सय ६२ मत सहित पच्छाइरहेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ७ सय २४ मत प्राप्त गरेका छन् ।

तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत दोब्बरले बढी रहेको छ । डा. वाग्लेले सुरुवाती चरणबाटै आफ्नो अग्रतालाई कायमै राखिरहेका छन् भने उनको जित पनि निश्चित जस्तै बनिसकेको छ ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ अर्थात ५३ प्रतिशतको हाराहारीमा मत खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म