काठमाडौं – प्रहरी वरिष्ठ नायब निरीक्षक एवं उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ। मुक्तिनाथ दर्शन साहित्य समाजले आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो। उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा खगेन्द्रप्रसाद लुइँटेल, नेपाल सरकारका पूर्वसचिव…