१७ बैशाख २०८३, बिहिबार । April 30, 2026

चैत्र २५ गते आइतबार दिनभर के–के भयो ?

महेश बस्नेतविरुद्ध जाहेरी ! नेपालले जित्यो उपाधि ! नवगठित गण्डकी सरकार संकटमा ! राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी…


२५ चैत्र २०८०, आइतबार  

126
Shares

१.पूर्वमन्त्री बस्नेतविरुद्ध जाहेरी दर्ता
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो । ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

२.गण्डकीमा नयाँ सरकार गठन
गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अधिकारीले दाबी पेस गरेपछि नियुक्त गरिएको हो । प्रदेश प्रमुख भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले आइतबार नै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । मुख्यमन्त्री अधिकारी सँगै स्वतन्त्र सांसद दिपक मनाङ्गे र नेकपा माओवादी हरिबहादुर चुमानले समते शपथ लिएका छन् ।

३.एसएमएस कपको उपाधि नेपाललाई
भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा गुजरात क्लबलाई १८ रनले हराउँदै नेपालले उपाधि चुमेको हो । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर जम्मा १ सय ५८ रनमात्र बनाउन सकेको थियो ।

४. नेपाल ‘ए’विरुद्धका सिरिज आयरल्याण्ड ‘ए’द्वरा ‘क्लिनस्वीप’
नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्याण्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्दै आयरल्याण्ड ‘ए’ले शृङ्खला क्लिनस्वीप गरेको हो । आयरल्याण्ड ए ले पहिलो खेलमा २१ रनले र दोस्रो खेलमा १ सय १४ रनको जित निकालेको थियो । अन्तिम खेलमा जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको नेपाल ३९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय १५ रनमा समेटिएको थियो ।

५. एक घण्टामै श्रम स्वीकृति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै श्रममन्त्री अर्यालले कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृत प्रदान गरिने बताएका हुन् । साथै उनले आगामी दिनको अन्य कुनै मन्त्री र कर्मचारी आएपनि यसले निरन्तरता पाउने दाबीसमेत गरेका छन् ।

६.मिडिया काउन्सिल विधेयक संसद्मा लैजाने तयारी
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धि विधेयक संसद्‌मा दर्ता गर्न लागिएको जानकारी दिएकी छन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिइन् ।

७.लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आइतबार दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथपछि तीन जना विना विभागीय मन्त्रीले पनि शपथ लिएका छन् । जसमा नेकपा एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बनेका हुन् ।

८. कुनैपनि उम्मेदवार विरुद्ध परेन उजुरी
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारि दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शनिबार इलाम–२ मा २० र बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको थियो । दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ३२ जना विरुद्ध नै कुनै पनि उजुरी नपरेको हो ।

९.राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले चैत्र २७ गतेको पार्टीको विरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले सरकारले कथित रुपमा तोकेका निषेधित क्षेत्रहरू राप्रपालाई मान्य नहुने बताएका हुन् । अध्यक्ष लिङ्देनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह समेत गरे ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक