२९ पुस २०८२, मंगलबार । January 13, 2026

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्नेछ। खेल ग्लासग्लोस्थित तितवूड मैदानमा आज बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स र एडिआर स्पोर्ट्स च्यानलमार्फत युट्युबमा हेर्न सकिनेछ। शृंखलाको उद्घाटन खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो। स्कटल्याण्डले दिएको १६१…