२५ भदौ २०८३, बिहिबार । September 10, 2026

एसियाकप छनोट : समुह एफ सनसनीपूर्ण मोडमा, नेपाल र उज्वेकिस्तान समान स्थितिमा


१९ असार २०८२, बिहिबार  

186
Shares

काठमाडौं । एएफसी वुमेन्स एसियाकप छनोट प्रतियोगिता उज्वेकिस्तानको राजधानी तासकेन्दमा धमाकेदार मोडमा प्रवेश गरिरहेको छ।

समूह ‘एफ’ को प्रतिस्पर्धा अहिले निकै रोमाञ्चक र सनसनीपूर्ण चरणमा पुगेको छ, जहाँ आयोजक उज्वेकिस्तान र नेपाल दुवै टोली बराबरी अवस्थामा छन्। समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० को सानदार जित दिलायो भने उज्वेकिस्तानले लाओसमाथि ७–० को प्रभावशाली जित निकालेको थियो।

यसअघि नेपालले लाओसमाथि ९–० र उज्वेकिस्तानले श्रीलंकामाथि १०–० को फराकिलो जित दर्ता गरेका थिए। यी नतिजाहरूपछि नेपाल र उज्वेकिस्तान दुवै टोलीले ६ अंक बटुलेका छन् र समान १७–१७ गोल गरेका छन्। उल्लेखनीय कुरा के छ भने दुवै टोलीले अहिलेसम्म एकपल्ट पनि गोल खाएका छैनन्।

दोस्रोपटक हार बेहोरेका लाओस र श्रीलंका भने शून्य अंकसहित प्रतियोगिताबाट बाहिरिइसकेका छन्। अब शनिबार हुने अन्तिम चरणका खेलहरूमध्ये लाओस र श्रीलंकाबीचको भिडन्त केवल औपचारिकता मात्र हुनेछ। सर्बाधिक चासो भने नेपाल र उज्वेकिस्तानबीचको प्रत्यक्ष प्रतिस्पर्धामा केन्द्रित हुने निश्चित छ।

यो खेल जो जित्छ, त्यही टोली आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने वुमेन्स एसियाकपमा स्थान बनाउनेछ। तर यदि खेल बराबरीमा टुंगियो भने—गोल अन्तर, कुल गोल र अन्य सबै पक्ष बराबरी रहेमा—नियम अनुसार विजेता टुंग्याउन पेनाल्टी सुटआउट अर्थात् टाइब्रेकरमा जानुपर्ने अवस्था आउन सक्छ।

नेपालको महिला फुटबल इतिहासकै एउटा निर्णायक मोडमा रहेको यो खेल देशका खेलप्रेमीका लागि अत्यधिक प्रतीक्षित बन्न पुगेको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated