काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भिर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार आफै जिम्मेवार हुनुपर्ने चेतावनी समेत…