९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

चैत्र २६ गते सोमबार दिनभर के–के भयो ?

सांसदविरुद्ध मुद्दा ! नेपालको नयाँ जर्सी सार्वजनीक ! रविलाई नछाड्ने कांग्रेसको अडान ! कोशीमा वैकल्पिक सरकार…



१. नेपालको नयाँ जर्सी सार्वजनीक
आगामी जेठमा हुने टी–२० विश्वकपमा लागि नेपालले नयाँ जर्सी सार्वजनीक गरेको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै जर्सी सार्वजनीक गरेको हो । नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । रंग रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको रंग निलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ । कलर अर्थात घाँटीको भाग रातो रंगमा छ । दुवै भागतर्फ बाउलामा नेपालको झण्डा छ । पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोेभागमा सगरमाथा नै छ ।

२.कोशीमा वैकल्पिक सरकारको दाबी
केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रले वैलल्पिक सरकारका लागि दाबी पेश गरेका छन् । सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १ सय ६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि दाबी पेश गरेका हुन् । दाबी अनुसार भए अबको एक महिनाभित्र कार्की तेस्रो पटक मुख्यमन्त्री बन्ने छन् ।

३.कांग्रेसको अडान कायमै
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसको शीर्ष नेताहरुको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष कांग्रेसले निकालेको हो ।

४. कांग्रेसको बालहठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रवि लामिछानेको बिषयलाई लिएर कांग्रेसले बालहठ देखाएको आरोप लगाएको छ । रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछाने विरुद्ध कांग्रेसले मिथ्या आरोप लगाएको रास्वपाको ठहर छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लामिछाने माथि संसदीय छानविन माग गर्नु कांग्रेसको कुटील चाल भएको परियारले आरोप लगाए ।

५. नेशनल मेडिकल कलेजमा प्रहरीले छापा
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

६. ५ जना सांसदविरुद्ध सर्वोच्चमा अवेहेलना मुद्दा
अदालतको अवहेलना गरेको आरोपमा ५ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद विकास कोष) रोक्नुपर्ने भनी सर्वोच्चले दिएको आदेशको आलोचना गरेको भन्दै उनिहरुविरुद्ध अवहेलना मुद्दा दायर भएको हो । मुद्दा पर्ने सांसदहरुमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, कांग्रेसकै सांसद श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, एमालेकै सांसद सूर्य थापा र एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापा रहेका छन् ।

७. सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी
सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । सामानहरु राखिएको स्टोरमा आगलागी भएको काठमाडौं जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्ता लगायतका सामानहरु राखिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी