२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

चैत्र २६ गते सोमबार दिनभर के–के भयो ?

सांसदविरुद्ध मुद्दा ! नेपालको नयाँ जर्सी सार्वजनीक ! रविलाई नछाड्ने कांग्रेसको अडान ! कोशीमा वैकल्पिक सरकार…


२६ चैत्र २०८०, सोमबार  

147
Shares

१. नेपालको नयाँ जर्सी सार्वजनीक
आगामी जेठमा हुने टी–२० विश्वकपमा लागि नेपालले नयाँ जर्सी सार्वजनीक गरेको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै जर्सी सार्वजनीक गरेको हो । नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । रंग रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको रंग निलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ । कलर अर्थात घाँटीको भाग रातो रंगमा छ । दुवै भागतर्फ बाउलामा नेपालको झण्डा छ । पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोेभागमा सगरमाथा नै छ ।

२.कोशीमा वैकल्पिक सरकारको दाबी
केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रले वैलल्पिक सरकारका लागि दाबी पेश गरेका छन् । सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १ सय ६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि दाबी पेश गरेका हुन् । दाबी अनुसार भए अबको एक महिनाभित्र कार्की तेस्रो पटक मुख्यमन्त्री बन्ने छन् ।

३.कांग्रेसको अडान कायमै
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसको शीर्ष नेताहरुको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष कांग्रेसले निकालेको हो ।

४. कांग्रेसको बालहठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रवि लामिछानेको बिषयलाई लिएर कांग्रेसले बालहठ देखाएको आरोप लगाएको छ । रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछाने विरुद्ध कांग्रेसले मिथ्या आरोप लगाएको रास्वपाको ठहर छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लामिछाने माथि संसदीय छानविन माग गर्नु कांग्रेसको कुटील चाल भएको परियारले आरोप लगाए ।

५. नेशनल मेडिकल कलेजमा प्रहरीले छापा
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

६. ५ जना सांसदविरुद्ध सर्वोच्चमा अवेहेलना मुद्दा
अदालतको अवहेलना गरेको आरोपमा ५ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद विकास कोष) रोक्नुपर्ने भनी सर्वोच्चले दिएको आदेशको आलोचना गरेको भन्दै उनिहरुविरुद्ध अवहेलना मुद्दा दायर भएको हो । मुद्दा पर्ने सांसदहरुमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, कांग्रेसकै सांसद श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, एमालेकै सांसद सूर्य थापा र एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापा रहेका छन् ।

७. सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी
सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । सामानहरु राखिएको स्टोरमा आगलागी भएको काठमाडौं जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्ता लगायतका सामानहरु राखिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по