काठमाडौं । फिफा क्लब विश्वकप २०२५ अन्तर्गत समूह ‘जी’ को खेलमा इटालियन पावरहाउस युभेन्टसले संयुक्त अरब इमिरेट्स (यूएई)को क्लब अल ऐनलाई ५–० को विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो यात्रा धमाकेदार ढंगले सुरु गरेको छ। वाशिंगटन डीसी स्थित अडी फील्डमा आज बिहान सम्पन्न खेलमा युभेन्टस सुरुवातदेखि नै हावी देखियो। कप्तान वेस्टन म्याकेनीको नेतृत्वमा उत्रिएको टोलीले…