१ कार्तिक २०८३, आइतबार । October 18, 2026

एनपीएल दोस्रो संस्करणः जनकपुरले रिटेन गर्‍यो आसिफसहित ६ खेलाडी


१९ असार २०८२, बिहिबार  

174
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि रिटेन गरिएका खेलाडीहरूको नाम सार्वजनिक गरेको छ।

आज सामाजिक सञ्जालमार्फत जनकपुरले सात जना खेलाडीलाई कायम राखिएको जानकारी दिएको हो। रिटेन सूचीमा राष्ट्रिय टोलीका ओपनर तथा मार्की खेलाडी आसिफ शेख प्रमुख छन्। त्यस्तै, अघिल्लो संस्करणमा कप्तानी सम्हालेका अनिल शाह पनि टोलीमै रहने भएका छन्। अन्य रिटेन खेलाडीमा शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापा मगर र रुपेश सिंह रहेका छन्।

यसअघि काठमाण्डौ गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्सले पनि रिटेन तथा रिलिज खेलाडीहरूको सूची सार्वजनिक गरिसकेका छन्। एनपीएलको नियमअनुसार, प्रत्येक टोलीले मार्की खेलाडीबाहेक अधिकतम ६ खेलाडीलाई रिटेन गर्न पाउने व्यवस्था छ।

पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको जनकपुर बोल्ट्स यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ६ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि