धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् । नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्ष र एकीकृत समाजवादी पार्टीको समर्थनमा लक्ष्मणकिशोर चौधरीले पहिला प्रदेशप्रमुख समक्ष आफ्नो दावी पेश गरेका थिए । लक्ष्मणले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नाउपाका…