२० असार २०८३, शनिबार । July 4, 2026

बैशाख १ गते शनिबार दिनभर के–के भयो ?

आक्रमक दिपेन्द्रः एकै ओभरमा ६ छक्का ! नेपालको शानदार जीत ! जनतासँग गृहमन्त्री रवि लामिछाने ! राप्रपालाई ओलीको चेतावनी…


१ बैशाख २०८१, शनिबार  

192
Shares

१. नेपालको शानदार जीत
दिपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङ सँगै ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपाल ३२ रनले विजयी भएको छ । नेपालले दिएको २ सय ११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जम्मा १ सय ७८ रन जोड्न सफल भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरी, गुल्शन झा र ललित राजवंशीले समान २÷२ विकेट लिएका थिए । त्यस्तै कुशल मल्ल र अविनाश बोहराले पनि समान १÷१ विकेट लिएका थिए । ९ आँै विकेटको रुपमा कतारका ब्याटर रनआउन भएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ सय १० रन जोड्न सफल भएको थियो । नेपालका लागि आक्रमक ब्याटर दिपेन्द्रले अन्तिम ओभरमा ६ छक्का हान्दै सर्वाधिक ६४ रनको योगदान गरेका थिए ।

२. दीपेन्द्र आक्रमक ब्याटिङ, एकै ओभरमा ६ छक्का
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् । यो सँगै दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बन्न पुगे । दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन्। उनले २१ बलमा ३ चौका र ७ छक्काका मद्दतमा ६४ रन जोड्न सफल भएका थिए ।

३. नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैनः गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन् । उनले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने पनि बताए । कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पुर्वाग्रहबिना नै काम गर्ने वातावरण बनाइने पनि उनले विश्वास दिलाएका छन् ।

४. राप्रपालाई ओलीको चेतावनी
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सुझाव दिएका छन् । गणतन्त्रमा नागरिकका अधिकार सुरक्षित रहने भएको र संवैधानिक बाटोबाटै समस्या समाधान गर्न सकिने भएकाले सोही अनुसारको गतिविधि अघि बढाउन अध्यक्ष ओलीले राप्रपालाई सचेत पनि गराएका हुन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य नहुने बताए ।

५.जनतालाई मर्का नपर्ने गरि न्याय सम्पादन गर्न ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आम जनतालाई मर्का नपर्ने गरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरेका छन् । शनिबार काठमाडौंको बुढानीलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले जनताको विश्वास घट्ने गरी न्याय निरूपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण गराएका हुन् ।

६. नेताका कारण जनताले दुख पाएको प्रेम सुवालको आरोप
नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताएका छन् । भक्तपुरस्थित पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा राखे । साथै उनले देश हाँक्ने नेतृत्व गतिलो नभए जनताले दुःख पाउने समेत बताएका छन् ।

७. नयाँ बर्ष निराशा र भ्रम मुक्त बर्ष बनाउन जोड
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नयाँ बर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने बर्षको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त बर्ष बनाउनुपर्ने बताएका हुन् ।

८. डोल्पा आगलागीमा घाइते तीन बालकको मृत्यु
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो । उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको शनिबार मृत्यु भएको हो । आगलागीबाट घाइते १० वर्षीयसुलश बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर