काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल अंकबिहीन हुनबाट जोगिएको छ। बुधबार विहान साउदी अरेबियामा भएको खेलमा नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको हो। यमनले नासिर अहमेदले नवौं मिनेटमा गरेको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। नेपालका लागि सन्जिव विष्टले २२ मिनेटमा बराबरी गोल फर्काउन सफल भए। जिलेस्पीजंग…