२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

साताको अन्तिम कारोबारको दिन ९ दशमलव ३२ अंकले घट्यो नेप्से


३१ जेष्ठ २०८१, बिहिबार  

6
Shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९ दशमलव ३२ अंकले घटेको छ ।

बिहीबार १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको समेत भएको छ । नेप्से सूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा झरेको छ । आज नेपाल फाइनान्स लिमिटेड र एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी सेयर कारोबार उच्च रहेको छ ।

आज यी दुई कम्पनीको सेयर क्रमशः २८ करोड ४७ लाख रुपैयाँ र २० करोड ५७ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ । यस्तै संवृद्धि फाइनान्स कम्पनीको १७ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।

डेभलपमेन्ट बैंक र फाइनान्स समूहको उपसूचक भने क्रमशः १.३१ प्रतिशत र २.०३ प्रतिशतले बढेका छन् । ९४ कम्पनीको सेयर मूल्य बढ्दा आज १ सय ४७ कम्पनीको मूल्य घटेको छ । ५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ