१२ असार २०८३, शुक्रबार । June 26, 2026

टी–२० विश्वकप

न्युजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज सुपर–८ मा


३१ जेष्ठ २०८१, बिहिबार  

660
Shares

काठमाडौं । जारी टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिजले आफ्नो विजयी यात्रा जारी राख्दै सुपर ८ मा स्थान पक्का परेको छ ।

न्युजिल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । सुपर ८ मा स्थान बनाउने वेस्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् । बिहीबार भएको समूह सी अन्तरगतको खेलमा न्युजिल्यान्ड १३ रनले पराजित भएको हो ।

१ सय ५० रनको लक्ष्य पछ्याएको टोलीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा सर्वाधिक ४० रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । फिन एलेनले २३ बलमा २६ रन जोडे । उनले ३ चौका र १ छक्का हिर्काए । ड्यारेल मिचेलले १२ रन तथा रचिन रवीन्द्र तथा जेम्स निसमले १०–१० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १० : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर