काठमाडौं । देशका प्रमुख नदीहरू—कोसी, महाकाली, कमला, बागमती, पूर्वी र पश्चिम राप्ती, बबई र कन्काई—हाल सतर्कता तहभन्दा तलको बहावमा छन्। तर, नारायणी र कर्णाली जलाधारका केही जलमापन केन्द्रहरूमा भने जलसतह लगातार बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको सूचना अनुसार संखुवासभा, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट वहने ससाना नदीहरूमा आकस्मिक…