काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा पनि विराटनगर किङ्सबाटै मैदान उत्रिने भएका छन् । विराटनगर फ्रेन्चाइजले शनिबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई ‘मार्की खेलाडी’को रूपमा टिममा रिटेन गरिएको जानकारी गराएको हो । सन्दीप पहिलो संस्करणमा पनि विराटनगरको कप्तान थिए । यद्यपि, टिमको प्रदर्शन भने सन्तोषजनक देखिएन । ८…