कास्की । मर्दी हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ। शुक्रबार दिउँसो ४ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी हिमालको आधार शिविर नजिकै निगालोको घारीमा मानव कंकाल फेला परेको हो। आधार शिविरको मुख्य बाटोभन्दा एक हजार २०० मिटर पूर्वतर्फ मर्दी खोलाको उद्गमाथि रहेको लामडाँडाको खोंचमा दुई वटा हाड, मोबाइल, ट्रयाक र ज्याकेट छ। भेडा चरनका…