२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

पेरिस ओलम्पिक–२०२४ः १९ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा


२१ श्रावण २०८१, सोमबार  

87
Shares

एजेन्सी । जारी पेरिस ओलम्पिक–२०२४ अन्तर्गत आइतबार विभिन्न प्रतिष्पर्धापछि ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।

दोस्रोमा चीनले १९ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ४५ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १८ कास्य पदकसहित कुल ४४ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित ३१ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १० स्वर्ण, १२ रजत र १५ कास्यसहित कुल ३७ पदक जितेको छ ।

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले १० स्वर्ण, सात रजत र सात कास्यसहित कुल २४ पदक जितेको छ भने जापानले नौ स्वर्ण, पाँच रजत र १० कास्यसहित २४ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । आठौँ स्थानमा रहेको इटालीले सात स्वर्ण १० रजत र पाँच कास्यसहित कुल २२ पदक जितेको छ भने नेदरल्यान्डसले छ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १५ पदक जित्दै नवौँ स्थानमा रहेको छ ।

जर्मनीले पाँच स्वर्ण, पाँच रजत र दुुई कास्यसहित कुल १२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको