काठमाडौं । अमेरिकी सकर लिगमा लियोनल मेसीको टिम इन्टर मायामीले एक एक गोलको बराबरी खेलेको छ । गएराति भएको न्युयोर्क सिटी विरुद्धको खेलमा मायामी बराबरीमा रोकिएको हो । खेलको ७५औं मिनेटमा मायामीले क्याम्पानाको गोलबाट अग्रता लिएको थियो । तर खेलको अन्तिम ९५औं मिनेटमा सान्डेसले गोल फर्काएपछि खेल बराबरीमा टुंगियो । उता स्पेनिस लिगमा रियल मड्रिडले…