४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल विशेषः कर्णालीलाई रोक्दै ह्याट्रिक जित निकाल्ने दाउमा चितवन


२० मंसिर २०८१, बिहिबार  

39
Shares

काठमाडौं । भारतीय क्रिकेट शिखर धवनकै कारण जारी एनपीएलमा सबैभन्दा बढी चर्चा पाएको कर्णाली याक्सले शुक्रबार आफ्नो तेस्रो खेल खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजे हुने खेलमा कर्णालीले चितवन राइनोजको सामना गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको पराजय व्यहोरेको कर्णालीले आफ्नो दोस्रो खेलमा पनि अपेक्षाकृत नतिजा हात पार्न सकेन । कर्णालीलाई जित दिलाउन भारतीय क्रिकेटर शिखर धवनको अविजित ७२ रनको योगदान पनि पर्याप्त भएन ।

कमजोर ब्याटिङ पाटर्नसिप र खराब बलिङ प्रदर्शन नै कर्णालीका लागि हारको मुख्य कारण बन्न पुग्यो । उपाधिको दाबेदार मानिएको कर्णालीको लगातारको दोस्रो हारले यतिबेला समर्थकहरुलाई भने निराश बनाएको छ । निरन्तरको हारले दबाबमा परेको कर्णाली आफ्नो तेस्रो खेलमा जसरी भएपनि जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

यता, यसअघिका दुवै खेलमा जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको चितवन शुक्रबार हुने आफ्नो तेस्रो खेलमा कर्णालीलाई पराजित गर्दै ह्याट्रिक जित निकाल्न चाहन्छ । चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि ५ विकेटको शानदार जित निकालेको थियो ।

यस्तै, आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको चितवनको टिम लयमा देखिएको छ । चितवनको उक्त लयमा ब्रेक लगाउन कर्णाली कति सफल होला ?

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा