२० कार्तिक २०८३, शुक्रबार । November 6, 2026

संसदको हिउँदे अधिवेशन सुरु, सुरुमै रास्वपाको अवरोध

काठमाडौं । संसदको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको संसद अधिवेशनको पहिलो दिन नै राष्ट्रिय पार्टीले संसदको बैठक अवरोध गरेको छ । बैठक शुरु हुनासाथ रास्वपाका सांसदहरुले आफ्नो स्थानमा उठेर विरोध गरेका थिए । सभामुखले कार्यसूची अनुसारको बैठक अगाडी बढाउन शुरु गरेपछि रास्वपाका सांसदहरुले उठेर विरोध गरेका थिए…