२ कार्तिक २०८३, सोमबार । October 19, 2026

महिला त्रिकोणात्मक टी–२० सिरिजः पहिलो खेलमा नेपाल २० रनले पराजित


१७ माघ २०८१, बिहिबार  

243
Shares

काठमाडौं । टीयू क्रिकेट मैदानमा आजबाट सुरु भएको त्रिदेशीय महिला टी २० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ।

नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सात विकेटको क्षतिमा १ सय ३७ रन मात्रै बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले २८, कविता जोशीले २७, पूजा महतोले २४ र रुविना क्षेत्रीले ११ रन बनाइन्। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेदरल्यान्डसका लागि कोर्लिन डिलङ र इभा लिन्चले दुई/दुई तथा आइरिस विलिङ र फ्रेडेरिक ओभरडिजले एक/एक विकेट लिइन्।

यसअघि ब्याटिङ गरेको नेदरल्यान्ड्सले चार विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि