६ आश्विन २०८३, मंगलबार । September 22, 2026

वासिङ्टन विमान दुर्घटनाः १८ जनाको शव फेला, चिसोका कारण उद्धारमा कठिनाइ


१७ माघ २०८१, बिहिबार  

597
Shares

एजेन्सी। बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्दार कार्य जारी रहेको अधिकारीले बताएका छन्।

आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ’अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एअरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताए ।

स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एअरपोर्ट नजिकै दुर्घटना भएको विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए ।

त्यसैगरी हेलिकोप्टरमा तीन जना रहेका थिए । हालसम्म १८ जनाको शव फेला परेको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ३ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा