२६ माघ २०८२, आइतबार । February 8, 2026

निर्देशक भट्टराईमाथि छानबिन शुरु, स्काउट शुद्धीकरण अभियानको अनसन स्थगित

काठमाडौं । नेपाल स्काउटमा देखिएका अनियमितता, अपारदर्शिता र अराजक गतिविधिहरूको विरुद्धमा शुरु गरिएको शुद्धीकरण अभियानले आफ्नो आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ। स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि छानबिन प्रक्रिया शुरु भएपछि अभियानले स्काउट प्राङ्गणमा सुरु गरेको आमरण अनसन स्थगित गरेको हो। शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक भट्टराईमाथि छानबिनको माग गर्दै चैत्र १ गतेदेखि रिले अनसन…