२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आईपीएलः कोलकाताको शानदार जित, हैदराबादलाई ८० रनले हरायो


२१ चैत्र २०८१, शुक्रबार  

33
Shares

एजेन्सी । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रभावशाली प्रदर्शन गर्दै सनराइजर्स हैदराबादलाई ८० रनको फराकिलो अन्तरले पराजित गरेको छ।

बिहीबार सम्पन्न खेलमा कोलकाताले आफ्नो दोस्रो जित दर्ता गर्न सफल भयो। कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १६.४ ओभरमै १२० रनमा समेटियो। हैदराबादका लागि हेनरिच क्लासेनले सर्वाधिक ३३ रन बनाए भने कामिन्दु मेन्डिसले २७ रन जोडे। नितिश कुमार रेड्डीले १९ रनको योगदान दिए।

कोलकाताका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने वैभव अरोराले ४ ओभरमा २९ रन दिएर ३ विकेट झारे। आन्द्रे रसलले २ विकेट लिँदा सुनिल नरायन र हर्शित रानाले १/१ विकेट लिए। यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रनको सम्मानजनक स्कोर खडा गरेको थियो। वेकंटेश अय्यरले ६० रनको अर्धशतकीय पारी खेले भने अंगकृश रघुवंशीले ५० रन बनाए।

हैदराबादका लागि मोहम्मद शामी, प्याट कमिन्स, जीशान अन्सारी, हर्शल पटेल र कामिन्दु मेन्डिसले समान १/१ विकेट लिए। यस जितसँगै कोलकाताले ४ खेलबाट ४ अंक जोड्दै अंकतालिकामा पाँचौं स्थान ओगटेको छ भने समान खेलबाट २ अंक मात्र रहेको हैदराबाद १०औं स्थानमा पुगेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ