एजेन्सी । युक्रेनी अधिकारीहरूले रुसी सेना खेरसनबाट फिर्ता भए पनि युद्ध समाप्त नभएको बताएका छन् । रुसले खेरसनबाट आफ्ना सेना फिर्ता गरेको घोषणा गरेपछि पनि सप्ताहन्तमा उत्सवहरू जारी रहँदा युक्रेनी अधिकारीहरुले उक्त चेतावनी दिएका हुन् । हर्षोल्लास पूर्ण भीडले शुक्रबार युक्रेनी सेनालाई शहरमा स्वागत गरे । फेब्रुअरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको…