२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विश्वकपको ‘सपना’ साकार पार्ने एमबाप्पेको ध्यान


१९ मंसिर २०७९, सोमबार  

6
Shares

एजेन्सी । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् ।

एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटरफाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ । २३ वर्षीय र एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्वकपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ ।

“म विश्वकपका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई प्रदान गरिने क्रमशः गोल्डेन बल वा गोल्डेन बुटबारे सोचिरहेको छैन,” पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले भने । उनले भने, “मेरो एकमात्र उद्देश्य विश्वकप जित्नु हो । अहिले क्वार्टरफाइनल सबैभन्दा महत्वपूर्ण कुरा हो । यो एक मात्र चीज हो जसले मेरो विश्वकप जित्ने सपना साकार पार्न सक्नेछ । म यहाँ विश्वकप जित्न र राष्ट्रिय टोलीलाई सहयोग गर्न आएको हुँ, अरु केही होइन ।” एमबाप्पेले आइतबारसम्म आफूले सञ्चारमाध्यमसँग कुरा नगर्नुको कारण पनि स्पष्ट पारेका छन् ।

उनले भने, “पत्रकारप्रति मेरो व्यक्तिगत कुनै आपत्ति छैन । मैले फुटबल र प्रतियोगितामा मात्र ध्यान केन्द्रित गर्न आवश्यक छ । म कुनै कुरामा ध्यान केन्द्रित गर्नका लागि अपनाउने तरिका मात्र हो ।” उनले भने, “म यो प्रतियोगिताका लागि तयार हुन चाहन्थें र अहिलेसम्म सबै कुरा राम्रो भइरहेको छ । तर हामी अझै पनि हाम्रो लक्ष्यबाट धेरै टाढा छौं र अब हामीले क्वार्टरफाइनलमा ध्यान केन्द्रित गर्नु पर्दछ ।

“क्वाटरफाइनलमा पुग्न पाउँदा हामी निकै खुसी छौं । पोल्याण्डको विरूद्धमा खेल्नु एक कठिन क्षण थियो । हामीले कडा टोलीसँग खेल्यौं र खेलको समयमा महत्वपूर्ण समयमा गोल गर्न सफल भयौं । यद्यपि, अझैपनि हामीले राम्रो खेल्न सकेनौं, हामीले जित्यौं र हामी खुसी छौं ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  २ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ