२१ भदौ २०८३, आइतबार । September 7, 2026

पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन


१४ मंसिर २०७९, बुधबार  

6
Shares

एजेन्सी । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।

उनको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी थिए। उनी ल्युकेमिया रोगबाट पीडित थिए ।

जसका कारण उनका शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीकै कारण बुधबार उनको निधन भएको संचार माध्यमले जनाएका छन् । जेमिन सन् १९८९ को तियानमेन स्क्वायर आन्दोलनपछि चीनको नेतृत्वमा निर्वाचित भएका थिए ।

रिपोर्टका अनुसार सन् १९९३ मा सत्ता प्राप्त गरेपछि उनले झण्डै एक दशकसम्म चीनमाथि आफ्नो कब्जा जमाएका थिए । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए । जेमिनको मृत्यु यस्तो समयमा भएको छ, जब चीनका विभिन्न शहरहरूमा कोरोना प्रतिबन्धका कारण व्यापक विरोध भइरहेको छ ।

जेमिनले सन् १९९७ मा हङकङको शान्तिपूर्ण स्थानान्तरण र सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशका लागि मेहनत गरेका थिए । उनलाई चीनमा मात्रै होईन विश्वभर सधैं मेहनती नेताको रूपमा हेरिएको थियो । जेमिनको नेतृत्वमा चीनको अर्थतन्त्र बलियो हुनुका साथै सधैं सत्तामा बसिरहन कम्युनिस्टहरूलाई सहज बनाउनु भएको श्रेय दिइने गरेको छ ।

बि.सं २०५३ सालमा जेमिनले नेपालको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार