एजेन्सी । रुसले युक्रेनमा मानवताविरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिइन् । उपराष्ट्रपति ह्यारिसले अन्तर्राष्ट्रिय कानुन कमजोर भएमा अन्य अधिनायकवादी सरकारहरूले फाइदा उठाउने जोखिम बढ्छ भन्दै अन्तर्राष्ट्रिय समुदायले त्यस्ता अपराधविरुद्ध कारबाही हुनुपर्ने आवश्यकता औँल्याएको बताइन् ।…