१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

युरोकप २०२४

हंगेरीलाई हराउँदै जर्मनी बन्यो अन्तिम १६ मा पुग्ने पहिलो टोली


६ असार २०८१, बिहिबार  

138
Shares

एजेन्सी । युरोकप २०२४ अन्तर्गत बुधबार राति भएको समूह ए को खेलमा हंगेरीलाई हराउँदै आयोजक जर्मनी अन्तिम १६ मा प्रवेश गरेको छ ।

यो सँगै जर्मनी अन्तिम १६ मा पुग्ने पहिलो टोली समेत बनेको छ । बुधबार राति भएको खेलमा जर्मनीले हंगेरीलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको २२ औँ मिनेटमा इल्के गुन्डोगानको पासमा गोल गर्दै जमाल मुसियालाले जर्मनीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा गुन्डोगानले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

जर्मनीले आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि ५–१ को शानदार जित निकालेको थियो । यता, पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित भएको हंगेरी भने प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको छ । अर्को खेलमा स्कटल्यान्डलाई हराए मात्र टोली अर्को चरणमा पुग्ने आशा बाँकी रहन्छ । यसका लागि पनि टोली अन्य खेलको नतिजामा भर पर्नुपर्छ ।

२ खेलपछि ६ अङ्क बटुलेर जर्मनी समूह एको शीर्ष स्थानमा छ । १ खेलबाट ३ अङ्कसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली