एजेन्सी । अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । मङ्गलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसी दुर्घटना भएको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले बताए । मङ्गबार बिहान खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि…