११ श्रावण २०८३, सोमबार । July 27, 2026

श्रीलंकाविरुद्ध एकदिवसीय र टी–२० सिरिज खेल्ने भारतीय क्रिकेट टिमको घोषणा


४ श्रावण २०८१, शुक्रबार  

801
Shares

एजेन्सी । भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी–२० र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ ।

बोर्डले टी–२० सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय र एकदिवसीय सिरिजका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजा जस्ता स्टार खेलाडीहरूले टी–२० खेल नखेल्ने घोषणा गरेपछि सूर्यकुमारलाई कप्तान र शुभमन गिललाई उपकप्तान बनाइएको छ ।

हालै जिम्बाबेविरुद्ध शतक बनाएका अभिषेक शर्मालाई भने टिममा सामेल गरिएको छैन । टी–२० टिममा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषव पन्त, सन्जु सामसन, हार्दिक पाण्डेय, शिभम दुवे, अक्सर पटेल, वाशिंटन सुन्दर, रवि विश्नोई, अर्शदीप सिंह, खलिल अहमद र मोहमद सिराज रहेका छन् ।

त्यस्तै एकदिवसीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल, ऋषव पन्त, श्रेयस अय्यर, शिभम दुवे, कुलदीप यादव, मोहमद सिराज, वाशिंटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्सर पटेल, खलिल अहमद र हर्षित राना रहेका छन् ।

भारतले श्रीलंकासँग श्रीलंकामा २७ जुलाई देखि टी–२० सिरिज र २ अगस्त देखि एक दिवसीय सिरिज खेल्ने छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर