एजेन्सी । पृथकतावादी लडाकूसमूहले दक्षिणपश्चिमी पाकिस्तानमा रातभर विभिन्न स्थानमा गरेका आक्रमणमा परी ३९ जनाको मृत्यु भएको सरकारी अधिकारीले सोमबार बताएका छन् । बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता शाहिद रिन्दले एएफपीसँग भने,“बलोच लिबरेशन आर्मीका लडाकूहरूले गरेका विभिन्न समन्वयात्मक आक्रमणमा ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।” सोमबार बिहान मुसाखाइल जिल्लामा भएको सबैभन्दा ठूलो आक्रमणमा २२ जनाको…