एजेन्सी । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप गरेको छ । सिरिजको दोस्रो टेस्टको पाँचौं दिन मंगलबार बंगलादेशले ६ विकेटले जित हासिल गर्दै सिरिज २–० ले क्लिन स्वीप गरेको हो । पाकिस्तानले दिएको १८५ रनको लक्ष्य पछाएको बंगलादेशले ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस टेस्टको पहिलो इनिंगमा पाकिस्तानले २७४ रन बनाएको थियो…