५ असार २०८३, शुक्रबार । June 19, 2026

इङलिश प्रिमियर लिगः एभर्टनको लगातार तेस्रो हार


१६ भदौ २०८१, आइतबार  

66
Shares

एजेन्सी । जारी इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लगातार तेस्रो हार बेहोरेको छ ।

शनिबार सम्पन्न खेलमा एभर्टन बोर्नमाउथसँग ३–२ गोल अन्तरले पराजित भएको हो । २–० ले पछाडि रहेको बोर्नमाउथले खेलको ८७ मिनेटपछि तीन गोल गर्दै एभर्टनलाई स्तब्ध बनाएको थियो । बोर्नमाउथका लागि खेलको ८७औँ मिनेटमा एन्टोनी सेमेन्योले, ९२औं मिनेटमा लेविस कुकले र ९६औं मिनेटमा लुइस सिनिसटेराले गोल गर्दै जित दिलाएका थिए ।

त्यसैगरी एभर्टनका लागि यस अघि खेलको ५०औं मिनेटमा माइकल कीन र ५७औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गरेका थिए । यो जितपछि बोर्नमाउथको ३ खेलमा ५ अंक भएको छ । यस अघि लगातार दुवै खेलमा बराबरीमा रोकिएको बोर्नमाउथको यस सिजनमा यो पहिलो जित हो ।

त्यस्तै एभर्टन भने लगातार तेस्रो खेलमा पराजित हुदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा