११ श्रावण २०८३, सोमबार । July 27, 2026

ला–लिगाः एम्बाप्पेले दुई गोल गरेको खेलमा रियल विजयी


१७ भदौ २०८१, सोमबार  

387
Shares

एजेन्सी । केलियन एम्बाप्पेले ला–लिगामा पहिलो दुई गोल गरेको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २–० ले पराजित गरेको छ।

रियलले यो चौंथो खेलमा दोस्रो जित हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो। ६७ औं मिनेटमा फेडेरिको भाल्भर्डेसको पासमा पहिलो गोल गरेका एम्बाप्पेले पेनाल्टी मार्फत ७५ औं मिनेटमा दोस्रो गोल गरेका थिए। यसअघि केलियन एम्बाप्पेले ला–लिगामा उत्कृष्ट प्रदर्शनका बाबजुत गोल गर्न सकेका थिएनन्।

यसअघि उनले कुल २४ सट प्रहार गरेपनि सफल भएका थिएनन्। तर उनले रियलका लागि डेब्यु गोल भने आफ्नो पहिलो खलमै युइएफए सुपर कपको फाइनलमा एट्लान्टा विरुद्ध गरेका थिए। २५ वर्षीय फ्रेन्च स्टारले यसै सिजन फ्रि–ट्रान्सफरमा पिएसजीबाट रियल अनुबन्धित भएका हुन्।

पिएसजीमा उनी २ सय ५६ गोलका साथ सर्वाधिक गोलकर्ताका रूपमा रहन सफल भएका थिए। ला–लिगाको सिजनमा भने उनले २५ सटपछि गोल गर्न सफल भए।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर