१ कार्तिक २०८३, आइतबार । October 18, 2026

इंग्लिस प्रिमियर लिगः लिभरपुलको लगातार तेस्रो जित


१७ भदौ २०८१, सोमबार  

102
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो खेलमा जित निकालेको छ।

नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा रहेको लिभरपुलले उत्कृष्ट प्रदर्शन जारी राख्ने क्रममा आइतबार राति म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्यो। युनाइटेडलाई उसकै मैदानमा स्तब्ध बनाउने क्रममा लिभरपुलका लागि लुइस डियाजले दुई गोल गर्दा मोहमेद सलाहले अर्को एक गोल गरेका थिए।

लिभरपुलले जारी सिजन गोल नखाइ सुरुवाती तीन खेल जितेको छ। खेलको ३५ औं मिनेटमा लुइस डियाजले मोहम्मद सालहको पासलाई सदुपयोग गर्दा सलाहकै पासमा डियाले ४२ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए। दोस्रो हाफको सुरुवातमै तेस्रो गोल गर्ने क्रममा मोहमद सलाहले ५६ औं मिनेटमा गोल गरेका थिए।

युनाइटेडले पनि सिमित अवसरमा गोलका राम्रा अवसर पाएपनि सदुपयोग गर्न भने असफल रह्यो।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि